प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः श्रेष्ठ नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः राजेन्द्र दास श्रेष्ठ चयन भएका छन् ।

बैंकको गत जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ २०७६ साल जेठ २७ गते सञ्चालक समितिको ३६६ औँ अध्यक्षमा नियुक्त भएका थिए ।

दुई वर्ष कार्यकाल पूरा गरेका श्रेष्ठ पुनः बैंकको सञ्चालक समितिको सदस्य रहुन्जेलसम्मका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?