डिसिसिएमी डोटीलाई २२ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । वर्ड भिजन इन्टरनेशनलको सहयोगमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति डोटीलाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

वर्ड भिजन इन्टरनेसनलको सहयोग र सामुदायिक केन्द्र डोटी (सिडिसी) र सिड नेपाल डोटीको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबराका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सिडिसि डोटीका अध्यक्ष हेमराज जोशीले बताए ।

उनका अनुसार ७० थान ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० थान पल्स ओक्समिटर, थर्मल टेप्रेचर गन, पीपीई सेट, पाँच लिटर सेनिटाईजर, पाँच हजार मास्क लागायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्लामा कोभिड संक्रमितहरुको उपचार र उपचारमा खटिने स्वास्थ्यकर्मिहरुलाई सहज होस् भन्ने उदेश्यले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको सहयोगी संस्थाले बताएका छन् ।

उक्त सामाग्री सिडिसी डोटीका उपाध्यक्ष सुनिल घर्ति र वर्ल्ड भिजनका प्रतिनिधि गांगी बलायरले डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई हस्तान्तरण गरेका छन्।

सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी खनालले यस्तो महामारिको समयमा प्राप्त भएका सामाग्रीहरुले ठूलो सहयोग पुग्ने बताउदै सहयोगी संस्थालाई धन्यवाद दिनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?