सर्वोच्चले कर्णालीका मन्त्री थापालाई किन बोलायो ?

काठमाडौं । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापालाई सर्वोच्च अदालतले बोलाएको छ ।

सर्वोच्चले मन्त्री थापामाथि परेको रिटको विषयमा छलफलका लागि जेठ ३० गतेभित्र उपस्थित हुन आदेश दिएको हो।

आइतवार (आज) सर्वोच्चको न्यायाधीश नहकुल सुवेदीको इजलासले उनीमाथि परेको रिटको सुनुवाईको लागि मन्त्री थापालाई बोलाएको हो ।

मन्त्री थापामाथि सरकारी कागजात कीर्ते प्रमाणित भई फौजदारी सजाय पाएको भन्दै मन्त्री पद बदर गर्न माग गर्दै रिट परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?