काठमाडौं । कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा फ्रान्सबाट नेपालका लागि झिकाइएका १० वटा अक्सिजन जेनेरेटर युनिट छिट्टै नै आइपुग्ने बताइएको छ ।
अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन फाउन्डेशन, क्रिएसन, ह्युमानिटी फोउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टील, र स्याकार ट्रेड कम्पनी प्रा लिको संयुक्त सहकार्यमा र अन्य थुपै्र संघ– संस्थाहरुको सहयोगमा अक्सिजन संकटको चुनौतिलाई सामना गरि नेपालको क्षमतालाई बलियो बनाउनको लागि यो कार्यको सुरुवात गरिएको हो ।
कोभिड–१९ को महामारीको सम्बोधनका लागि बृहत नागरिक समाजको नेतृत्वमा गरिएको यो एक सबैभन्दा ठूलो पहल भएको बताइएको छ ।
कोरोना संक्रमणमा उच्च जोखिमको अहिलेको परिस्थितिमा अक्सिजनको आवश्यकता परेको समयमा अक्सिजन सिलिंडर मात्र नभएर अक्सिजन जेनेरेटर युनिटहरुको पनि खाँचो छ । कोभिड(१९को प्रकोप बढेकै कारण अवस्थित अक्सिजन जेनेरेटर पूरा प्रयोग मा आए तापनि अक्सिजनको अभाव अझै बढ्दो छ ।
एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ । १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छ । त्यसैले १० वटा अक्सिजन जेनेरेटर युनिट स्थापना गरेमा एकदिनमा ६५० संक्रमितहरुलाई सेवा प्रदान गरि जीवन रक्षा गर्ने तथ्यांकले देखाएको छ ।
नोभिएरको को ई.एन. प्रिमिएम आर.एक्ष. २७० अक्सिजन जेनेरेटर, नेपालको सात वटै प्रदेशमा स्थापना गरिने बताइएको छ । त्यस्तै जेनेरेटर संचालनको लागि जुन स्थानबाट सबैभन्दा छिटो गर्न सकिन्छ त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको सुरुवात गरिनेछ । अक्सिजन जेनेरेटर एकपटक हस्तान्तरण भए पश्चात तोकेको स्थानसम्म लागिसकेपछि जडानका लागि तीन दिन लाग्नेछ ।
साथै अक्सिजन जेनेरेटर युनिटहरु नेपालमा आइपुग्ने क्रममा छ । यी अक्सिजन प्लान्टहरुले कोभिड– १९ को दोस्रो लहरको संकटमा तत्काल राहत प्रदान गर्नुका साथै नेपालको समग्र स्वास्थ्यप्रणालीमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया