काठमाडौं। ‘फिफा विश्वकप २०२२’ र ‘एसिया कप २०२३’ छनोटका बाँकि खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ।
शनिवार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेले पश्चात नेपाली टोली आईतवार इराकबाट कुवेत प्रस्थान गरेको थियो।
नेपाली टोलीले यही ‘जेष्ठ २०’ गते चाइनिज ताइपेइ, ‘जेष्ठ २४’ गते जोर्डन र ‘जेष्ठ २८’ गते अस्ट्रेलियासँग छनोट चरणका बाँकि खेल खेल्दै छ।
सोही समूह मा रहेको कुवेतसँग भने नेपालले दुवै खेल खेलिसकेको छ। कुवेतसँग नेपालले आफ्नो घरेलु मैदानमा हुनुपर्ने खेल ‘भुटानको थिम्फु’ सहरमा ‘नभेम्बर २०१९’ मै खेलिसकेको छ।
कोरोना महामारीको कारण कुवेतमा हुन लागेका नेपालका बाँकि घरेलु खेल ‘जबिर अल अहमद अन्तराष्ट्रिय स्टेडियम’मा खेलिने छन्। समूह ‘बी’मा रहेको नेपाल अंक तालिकाको ४औं स्थानमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया