बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा २० वर्षीय यादव पक्राउ

झापा । ९ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका(१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादव रहेका छन् ।

यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यादवलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?