शेयर बजारको हलचल : हिजो ऐतिहासिक रेकर्ड, आज ४५.२५ अंकको गिरावट

लोकपथ
77
Shares

काठमाडौं । बजेट सार्वजनिक भएको तेस्रो दिन आज (सोमवार) शेयर बजारमा ४५.२५ अंकले घटेर २७८२.६८ अंकमा पुगेर कारोबार रोकिएको छ ।

हिजो आइतवार शेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको थियो । तर आज नेप्से परिसूचक १.६० प्रतिशतले घटेको छ । सोमवार सेन्सेटिभ परिसूचक ६.५८ अंकले घटेर ५००.४७ बिन्दुमा पुगेको छ ।

सोमवार कूल २१८ कम्पनीको २ करोड ९४ लाख ४६ हजार ३४२ कित्ता शेयर किनबेच भएको छ भने १३ अर्ब ३३ करोड २७ लाख ६७ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमवार कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको सेयर घटेको छ । यी मध्ये म्युचुअल फण्ड समूहको मात्र शेयर बढेको छ । आज हाइड्रोपावर समूहको शेयर मूल्यमा सबैभन्दा बढी ४.३१ प्रतिशतले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?