काठमाडौं। जाउलाखेल भलिबल क्लबका ‘अनुप श्रेष्ठ’लाई प्रहरीले लागूऔषध एम्फेटामाइन (आइस)सहित पक्राउ गरेको छ ।
श्रेष्ठसँग ‘आइस एमफेटामाइन’ (C9H13N) रहेको प्रहरीको भनाई छ। ‘पार्टी ड्रग’का रूपमा प्रयोग गरिने यो लागूऔषध बरामद भएपछि प्रहरीले श्रेष्ठसहित तीन जनालाई पक्राउ गरेको हो।
ललितपुर प्रहरीका अनुसार श्रेष्ठको कोठाबाट ५० ग्राम एमफेटामाइन, प्याकिङ प्लास्टिक, जोख्नको लागि तराजु र नगद ५० हजार रुपैयाँ बरामद गरिएको छ।
श्रेष्ठसँग त्यति बेला कोठामा रहेका परदु गुरुङ र अमृता खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया