एसईईको नतिजा आन्तरिक मूल्यांकनबाटै गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

लोकपथ
196
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आन्तरिक मूल्यांकनबाटै गर्न शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा एसईई गत वर्ष जस्तै यसवर्ष पनि आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने प्रस्ताव मन्त्रिपरिषद् मा लैजाने निर्णय गरेको हो ।

एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न आइतवार राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो । आज बसेको मन्त्रालयको बैठकले कोरोना भाइरस संक्रमणको दोस्रो लहरको जोखिम नघटेको भन्दै आन्तरिक मूल्यांकन विधि अपनाउने निष्कर्ष निकालेको हो ।

अब मन्त्रिपरिषद् बैठकले यो प्रस्ताव पारित गरेपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गरिने बताईएको छ ।

गत वर्ष पनि कोरोना संक्रमणको भयका कारण अन्तिम समयमा परीक्षा स्थगित गरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?