संवैधानिक इजलासमा आज पनि सुनुवाइ, पुरानै टीमको निरन्तरता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज पनि हुँदैछ । सर्वोच्चको संवैधानिक इजलासमा शुक्रवारबाट शुरु भएको सुनुवाई आज तेस्रो दिन पनि हुन लागेको हो ।

प्रतिनिधि सभा पुनःस्थापनासहित विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्चमा परेको रिटमा आज सुनुवाई हुन लागेको हो ।

संवैधानिक इजलासका २ न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको बारेमा प्रश्न उठेको थियो । बहसका लागि गएका वकिलहरुले नै न्यायाधीशद्वय श्रेष्ठ र केसी संवैधानिक इजलासमा हुँदा मुद्दा प्रभावित हुनसक्ने भन्दै प्रश्न उठाएका थिए । त्यसै विषयमा छलफल गर्न सर्वोच्चमा सोमवार प्रधानन्याधीश चोलेन्द्र शमशेर राणासहित १० वरिष्ठ अधिवक्ताहरुको बैठक बसेको थियो । संवैधानिक इजलासका न्यायाधीशहरु परिवर्तन गर्ने अड्कलबाजीकाबीच मंगलवार पूरानै टीमले सुनुवाई गर्ने भएका हुन् ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?