काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश रहने इजलास गठन गर्ने बताएका छन् ।
आज प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीचको छलफलपछि राणा त्यसमा सहमत भएका हुन् ।
हाल सर्वोच्चको संवैधानिक इजालसमा रहेका न्यायाधीशहरुमा प्रश्न उठेपछि सर्वोच्च बारका अध्यक्ष शाक्यले प्रधानन्यायाधीशसँग भेट गरेका थिए ।
भेटमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा न्यायाधीशहरु राखेर इजलास गठन गर्न राजि भएको र केहिदिनपछि न्याय परिषद्को बैठक बसेर निर्णय हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया