काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतको ‘काजमा स्पोर्ट्स क्लब’मा आफ्नो अभ्यास शुरु गरेको छ।
सोमवार इराकबाट कुवेत पुगेको नेपाली राष्ट्रिय टोलीका सबै सदस्यको ‘पी.सी.आर. टेस्ट’को रिपोर्ट ‘नेगेटिभ’ आए लगत्तै खेलाडीहरु ‘जिम ट्रेनिङ’मा देखिएका थिए। त्यस्तै सोमवार साँझबाट राष्ट्रिय टोलीले आफ्नो नियमित अभ्यास पनि शुरु गरेको देखियो।
बिहीवार, ‘जेष्ठ २०’ गते विश्वकप छनोट अन्तर्गत ‘चाइनिज ताइपेइ’सँग प्रतिस्पर्धा गर्न गइरहेको नेपाली राष्ट्रिय टोलीको अभ्यास केही यस्तो देखियो,
तस्वीर :एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया