प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइ जेठ २३ मा

लोकपथ संवाददाता
7
Shares
sf7df8f}F !) h]7 M k|ltlglw;ef lj36g lj?4 ;f]daf/ /fdzfx kyl:yt ;jf]{Rr cbfntdf l/6 btf{ ug]{ qmddf lgj{tdfg k|ltlglw;efsf ;f+;bx? M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्द परेको रिटको सुनुवाई अब जेठ २३ मा हुने भएको छ ।

दुई न्यायाधीशले अलग हुने निर्णय गरेपछि प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबराले जेठ २३ बाट पुन सुनुवाइ गर्ने निर्णय गरेका हुन् ।

मंगलवार न्यायाधीश तेज बहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछाड्ने राय दिएका थिए । उनिहरुले इजलास नछाडेपछि बरिष्ठ न्यायाधीश दिपक कार्की र डा. आनन्दमोहन भट्टराईले इजलास छाड्ने निर्णय गरेका छन् ।

जेठ २३ मा अर्को इजलास गठन गरेर सुनुवाई गरिने प्रधान न्यायाधीश जबराले रिट निवेदकहरुलाई जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?