काठमाडौं। बिहीवारबाट कुवेतमा हुने ‘विश्वकप तथा एसिया कप’ छनोट अन्तर्गत नेपालको तीनवटै खेलहरु कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
‘फिफा विश्वकप २०२२’ तथा ‘एसिया कप २०२३’ छनोटका बाँकि खेल खेल्न नेपाल कुवेत पुगिसकेको छ। नेपालको घरेलु मैदानमा खेलिनु पर्ने खेलहरु कोरोना महामारीका कारण तथस्ठ मैदान, कुवेतमा खेलिन लागिएको हो।
सो खेलहरु अन्तर्गत नेपालले ‘जेष्ठ २०’ गते ‘चाइनिज ताइपेइ’, ‘जेष्ठ २४’ गते ‘जोर्डन’ र ‘जेष्ठ २८’ गते ‘अस्ट्रेलिया’सँग प्रतिस्पर्धा गर्दैछ। जसको प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ ‘एन्फा’ र कान्तिपुर टेलिभिजन बिच सम्झौता भएको छ। एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका तर्फबाट मार्केटिङ हेड गौरी दाहालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालले खेल्ने तीनवटै खेल नेपाली समय अनुसार राति ९:४५ बजे ‘किक-अफ’ हुनेछन्। समूह ‘बी’मा रहेको नेपालले ५ खेल खेल्दा ४औं स्थानमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया