काठमाडौं। अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले एकदिवसीय तथा टी-ट्वेन्टी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ।
‘आईसीसी’ले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या १० बाट बढाएर १४ पुर्याएको छ। आगामी सन् २०२७ र २०३१ एकदिवसीय विश्वकप क्रिकेटमा १४ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी ‘आईसीसी’ले मंगलवजर सार्वजनिक गरेको हो।
त्यस्तै टी-ट्वेन्टी विश्वकप क्रिकेटतर्फ ‘आईसीसी’ले सहभागी टिमको संख्या १६ बाट बढाएर २० बनाएको छ। सन् २०२४ देखिको टी-ट्वेन्टी विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्ने जानकारी ‘आईसीसी’ले दिएको हो। यद्यपि यसै वर्ष आयोजना हुने टी-ट्वेन्टी विश्वकपमा भने साविक १६ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
तत्कालीन एकदिवसीय विश्वकप क्रिकेट विजेता इङ्ल्यान्ड रहेको छ भने सन् २०१६ मा पछिल्लो पटक आयोजना भएको टी-ट्वेन्टी विश्वकपको विजेता वेस्ट इन्डिज रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया