२४ घण्टाका लागि सर्‍यो एमाले स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सारिएको छ ।

आज ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भनिएको बैठक भोलिसम्मका लागि सारिएको हो ।

पार्टी विवाद उत्कर्षमा पुगेको बेला एकताको प्रयासस्वरुप बैठक बोलाइएको थियो । तर नेताहरुको वेस्तता देखाउँदै आजको लागि सारिएको छ ।

नेकपा एमालेको कार्यालय सचिव शेरबहादुर तामाङले भने- ‘आज ४ बजे हुने भनिएको स्थायी कमिटी बैठक भोलि ४ बजेसम्मका लागि सारिएको छ । भोलि अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्नेछ ।’

यसअघि मंगलवार बैठक बसेको थियो । मंगलवारको बैठकले पार्टीभित्र भइरहेको पछिल्लो राजनीतिक गतिविधि र बजेटको बारेमा समिक्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?