नीति कार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय

लोकपथ
105
Shares

रुपन्देही । लुम्बिनी प्रदेशसभा नेकपा(एमाले) संसदीय दलले सरकारको नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने निर्णय गरेको छ ।

प्रदेशसभाको आजदेखि शुरु भएको आठौंँ अधिवेशनअघि दलको धारणा तय गर्न बसेको संसदीय दलको बैठकले विपक्षीको सामना गर्दै बजेट पारित गराउने निर्णय गरेको प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सतर्कता अपनाएर प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए । बैठकमा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापविरुद्ध सबै सदस्य एकसाथ उभिन एकमत भएको प्रमुख सचेतक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?