बहुप्रतिक्षित होण्डाको CB 350 DLX चाँडै नेपाली बजारमा

लोकपथ
77
Shares

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले बहु प्रतिक्षित होण्डाको CB 350 DLX चाँडै नेपाली बजारमा लन्च गर्ने भएको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुनेछ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित LED हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको  विशेषताहरु रहेका छन् ।

यसका बारेमा थप जानकारीका लागि होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिने स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?