राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई हटायो सम्पूर्ण जिम्मेवारीबाट

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद लगायत सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।

जनमोर्चाको बिहीवार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्काशन गरेको हो ।

यस अघि सांसद थापालाई जनमोर्चाले संसदीय दलको नेता र केन्द्रीय सदस्यबाट समेत निष्कासन गरेको थियो ।

जनमोर्चा केन्द्रले गण्डकी प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णयविरुद्ध सांसद थापा लागेकाले उनलाई पार्टीका सांसद लगायत सम्पूर्ण जिम्मेवारीबाट हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?