काठमाडौं। फिफा विश्वकप २०२२ को छनोट खेल अन्तर्गत ब्राजिलले इकुवेडरलाई २-० गोलले पराजित गरेको छ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रवार बिहान खेलिएको खेलमा ब्राजिलले घरेलु मैदान ‘पोर्टो इलेग्रे’मा जित प्राप्त गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ब्राजिलले दुई गोल गर्न सफल भयो। ब्राजिलका लागि नेयमारले उत्कृष्ट खेल प्रस्तुत गरे।
६५औं मिनेटमा नेयमारको पासमा रिचारलिसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको ९०औं मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत ब्राजिलले २-० को सहज जित प्राप्त गर्यो।
दक्षिण अमेरिकी छनोटको अंक तालिकामा ब्राजिल शीर्ष स्थानमा रहेको छ। ब्राजिलले ५ खेलमा ५ जित निकालेको छ। उता इकुवेडर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। इकुवेडरको ५ खेलमा ९ अंक रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया