एकेडेमीका लागि एन्फाले छान्यो ४२ युवा खेलाडी

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले युवा फुटबल विकासका लागि ४२ युवा खेलाडीको छनोट गरेको छ।

एकेडेमीका लागि एन्फाले १३ वर्ष मुनिका ४२ खेलाडीको छनोट गरेको हो। देशभरबाट विभिन्न छनोट प्रक्रिया पार गर्दै कुल १६६ युवा खेलाडीबाट ४२ खेलाडी एन्फाको रोजाईमा पर्न सफल भएका हुन्।

सो छनोट प्रक्रियामा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४ र बागमती प्रदेशबाट ३३ जना युवा खेलाडी सहभागी थिए। त्यस्तै गण्डकी प्रदेशबाट ३१, लुम्बिनीबाट ३०, कर्णालीबाट ८ तथा सुदूरपश्चिमबाट १२ गर्दै कुल १६६ जना युवा खेलाडी छनोट प्रक्रियामा सहभागी भएका थिए।

छानिएका ४२ युवा खेलाडीलाई गोलाप्रथाद्वारा नेपालको विभागीय टोलीमा राखिनेछ। नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरीले उनीहरूको फुटबल खेल्ने सीप, प्राविधिकता र अनुशासन हेरेर छात्रवृति दिने वा नदिने निर्णय गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?