काठमाडौं । कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-३ शिवनगर टोल बस्ने २४ वर्षीय नबिन सुनारलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुनारले ती किशोरीलाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया