आज विश्व बाल रंगमञ्च दिवस मनाइदै

काठमाडौं–आज मार्च २० विश्व बाल रंगमञ्च दिवस । बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो दिवस आज विश्वभरी मनाइदैछ ।बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनलको नेतृत्वमा मनाइने दिवस नेपालमा आसितेज नेपालले मनाउन थालेको हो । यस वर्ष मार्च २० को सन्दर्भमा नेपालमा १० दिन अघिदेखि नै विभिन्न नाट्य गतिविधिका साथ मनाइरहेको छ ।विश्व नाट्य यात्रामा रहेका अर्जेन्टिनी नाटक ‘मान्द्रगोरा सर्को’का साथ मार्च १० मा पोखरा थिएटरबाट नै विश्व बाल रंगमञ्च दिवसको सन्दर्भ पारेर नाटक मञ्चन तथा नाट्य कार्यशाला सुरु भएको थियो । बालबालिकालाई लक्षित गरी सिर्जना गरिएको यस क्लाउन नाटक लेट्स इन्टरटेमेन्ट, मण्डला थिएटर, थिएटर सेन्टर फर चिल्ड्रेन, थिएटर मल र आसितेज नेपालले सो नाटकलाई नेपाल यात्रा गराउने क्रममा फागुन २६ र २७ पोखरामा मञ्चन गरेर सुरु गरेको हो ।त्यस्तै फागुन २९ गते मण्डला नाटकघरमा कार्यशालाका साथ अर्जेन्टिनी क्लाउन शो मान्द्रगोरा सर्को गरेर काठमाडौंमा यात्रा सुरु गरेको थियो । यसै क्रममा फागुन ३० र चैत १ गते ललितपुर र भक्तपुरका विभिन्न स्कुलमा सो नाटक प्रस्तुत गरिएको थियो ।त्यस्तै विश्व यात्रामा रहेका अर्जेन्टिनी समूहलाई नेपाल यात्रा गराउने क्रममा मोरङको बेलबारीमा कार्यशाला र नाटक प्रस्तुति सकेको छ । आज मार्च २० कै दिन भने विराटनगरस्थित गुरुकुलमा मान्द्रगोरा सर्को प्रस्तुत गर्दै विश्व रंगमञ्चको सन्दर्भको नेपाल नाट्य यात्रा समापन आसितेज नेपालका अध्यक्ष दिपर्सन जंग राणाले बताए ।साथै यसै सन्दर्भमा थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मलले काठमाडौंमा बालबालिकाका लागि चौथो अभिनय कार्यशाला सुरु गर्दैछ ।१५ दिनसम्म चल्ने यो कार्यशाला यही चैतको १९ गतेदेखि सुरु हुने थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?