काठमाडौं । साताको पहिलो दिन आइतवार शेयर बजारमा ५० अंकको बढोत्तरी भएको छ । आइतवार १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैँया बराबरको कारोबार भएको छ । साथै ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर किनबेच भएको छ ।
आइतवार २१८ कम्पनीको कारोबार हुँदा सूचक २९०६.८९ अंकमा पुगेको छ । आज शेयर बजारमा बैंकिङ समूहमा आकर्षण देखिएको छ ।
बाणिज्य बैंकहरुको सूचक ६९.८५ अंकले बढेको छ भने ६ वटा अन्य सूचक घटेको छ । आइतवार विकास बैंक, फाइनान्स कम्पनी, अन्य, लघुवित्त, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूहका कम्पनीहरुको कारोवार वृद्धि भएको छ ।
आइतवार सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्सकको भएको छ । यस कम्पनीको एक अर्ब २१ करोड १४ लाख रुपैयाँको भएको छ । त्यस्तै,निफ्राको ८३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको ५४ करोड ७५ लाख रुपैयाँ,कुमारी बैंकको ४६ करोड ५७ लाख तथा मेगा बैंकको ४४ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया