कर्णालीमा नवनियुक्त कांग्रेसका दुई मन्त्रीले लिए शपथ

लोकपथ
84
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट थपिएका दुई मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सोमवार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । दुवै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।

नेपाली कांग्रेसले कर्णाली सरकारमा पहिलोपटक सामेल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?