काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी १ असारबाट कक्षा सञ्चालन गर्न निर्देशन गरेका छन् । बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा उनले बाँकी रहेको परीक्षा छिटो सकाएर नयाँ भर्ना प्रकृया शुरु गर्न निर्देशन दिएका हुन् ।
उनले शिक्षकलाई कोरोनाको खोप लगाउन स्वास्थ्य मन्त्रालयमा पठाएर निवेदनबारे जानकारी लिन आग्रह गरेका छन् । नयाँ पाठ्यपुस्तक ढुवानीको लागि सिसिएमसीसँग पत्राचार गर्न उनले मन्त्रालयलाई निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया