काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनएमबि बैंकको साईकल र विद्युतीय सवारी कर्जा योजना ल्याएको छ । स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिवद्धता देखाउदै एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको हो ।
एनएमबि बैंकले यस विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० ५ सम्म फाईनान्सिङ्ग, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा ०।२५५ छुटको अफर ल्याएको छ ।
साथै, एनएमबि बैंक लिमिटेड र माउन्टेन बाईक विक्रेताहरु बीच जुन महिना भरी 0% EMI मा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरीद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ ।
यस अन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाईक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काडमाण्डौं बाईक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काडमाण्डौंबाट माउन्टेन बाईकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दिमा खरीद गर्न सक्नेछन् ।
बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ निरन्तर प्रस्तुत गर्दै आइरहेको छ । छुट तथा सुविधा सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को Interest Rate सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया