काठमाडौं। जारी फ्रेन्च ओपन २०२१ बाट रोजर फेडेररले आफ्नो नाम फिर्ता लिएका छन्।
विश्वकै उत्कृष्ट मध्येका एक टेनिस ‘सुपरस्टार’ रोजर फेडेररले उनको घुँडाको चोट बल्झेको कारणले सो निर्णय लिएको बताएका छन्।
शनिवार राति जर्मनीका डोमिनिक कोइपफरलाई टाईब्रेकरले भरिएको ७-६ (७/५), ६-७ (३/७), ७-६ (७/४), ७-५ को सेटमा पराजित गर्दै चौथौं चरणको यात्रा सुनिश्चित गरेका फेडेररले आफ्नो नाम फिर्ता लिएका हुन्।
उनले ट्विटरमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। विगत १ वर्ष देखि चोटका कारण बाहिर रहेका फेडेररले घुँडाको दुई शल्यक्रिया नै गर्नु परेको थियो।
उनले चौथौं चरणमा इटालीका म्याटियो बरेटिनीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया