बेइजिङ, ६ चैत – चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्ने भएका छन ।चीन जापान संयुक्त बैठकका लागि उनी जापान जान लागेको बताइएको छ । दुई देशका नेताहरुको सम्मेलनमा भाग लिन उनी जापान जाने विचार गरेको बताइएको छ ।‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गरेका छन । त्यसैले यसै वर्षको मध्यतिर म जापान जानेछु– प्रधानमन्त्री खछ्याङ्ले बताए ।त्यस समयमा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने पनि उनले जानकारी दिए । तर त्यस अवसरमा हुनसक्ने अरु केही सहयोग आदानप्रदान तथा सम्झौताका विषयमा भने उनले केही बताएनन ।मङ्गलबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन ।उनले भने– यो भ्रमण दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन सफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया