असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने

लोकपथ
196
Shares

काठमाडौं – सरकारले आगामी असार १ गतेबाट वैकल्पिक विधि प्रयोग गरेर विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न सकिने बताएका हुन् ।

स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माले विद्यार्थीको सिकाइलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठन पाठन गर्न सम्भव नभए पनि वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन शैक्षिक सत्र शुरु गर्न लागेको बताए ।

विद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिन सकुन् भन्ने मन्त्रालयको निष्कर्ष रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?