यी हुन् विश्वकै उत्कृष्ट शिक्षिका

काठमाडौं–एक ब्रिटिस शिक्षिकाले वार्षिक रुपमा दिइने ‘विश्व उत्कृष्ट शिक्षक’ पुरस्कार जितेकी छिन् । पुरस्कार स्वरुप उनले १० लाख अमेरिकी डलर पाइन् ।उत्तर–पश्चिम लण्डनको सामुदायिक स्कुलमा आर्ट विषय पढाउने पढाउने एन्दिरिया जफिराकोउ यो पुरस्कार पाउने पहिलो बेलायती हुन् ।जफिराकोउलाई दुवईमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बेलायती प्रधानमन्त्री थेरेसा मे, पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र पूर्व अमेरिकी उपराष्ट्रपति अल गोर पनि उपस्थित थिए ।पुरस्कार ग्रहणपछि दिएको भाषणमा जाफिराकोउले आर्ट शिक्षाको महत्वबारे बोलिन । भाषणका क्रममा उनले आफ्ना विध्यार्थीले भोग्ने कठिनाईहरुमा ध्यानाकर्षण गराएकी थिइन ।जफिराकोउ बेलायतको सबैभन्दा गरिब मध्य एक समुदायमा पढाउछिन् । १३० भाषा बोल्ने विभिदतापुर्ण समुदायबाट आउने विध्यार्थीसँग सम्बाद कायम गर्न जाफिराकोउले गुजराती, हिन्दी र तमिल भाषाका पदावली सिकेको बताइन्छ ।“विद्यार्थीहरुलाई आफ्नो घरेलु जिवनबारे खुल्न लगाएर मैले मेरा अधिकाशं विद्यार्थीहरु ठुलो सङ्ख्याको परिवार बस्ने भिडभाडयुक्त घरबाट आएउने गरेको थाहा पाएँ ।” जफिराकोउले गार्डियनसँग भनिन ।“तिनका घरमा यति घुइचो हुन्छ कि आफ्नो गृहकार्य गर्न तिनलाई वाथरुममा मात्र ठाँउ रहन्छ ।”जफिराकोउले सप्तान्तमा शान्त ठाँउ र लामो पाठको व्यवस्था गरेर विद्यार्थीको पढाइमा सहयोग पु¥याउछिन् । उनले पाठ्यक्रमलाई पनि आफ्नो विद्यार्थीमैत्री हुने हिसाबले पुनरगठन गरेकी छिन । साथै उनले आफ्नो विद्यालायमा केटी मात्रको खेलकुद क्लब शुरु गरेकी छिन ।सन् २०१५ मा एक शिक्षा च्यारिटीले शुरु गरको ‘ग्लोबल शिक्षक पुरस्कार’ले शिक्षण पेसालाई धेरै माझ परिचित गराउने लक्ष्य राखेको छ । यो वर्ष अष्ट्रेलिया, बेल्जियम, ब्राजिल, कोलम्बिया, नर्वे, फिलिपिन्स, दक्षिण अफ्रिका, टर्की र अमेरिकाका शिक्षकहरु पुरस्कारको अन्तिममा पुगेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?