काठमाडौं–सुदूरपश्चिम प्रदेशसभाको बैठक जारी छ ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्री भट्टलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ। एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको असन्तुष्टिका बावजुद विश्वासको मत दिने निर्णय भएको हो । सुदूरपश्चिममा एमालेको वरिष्ठ नेथता माधव नेपाल पक्षको बहुमत छ। यस्तै काँग्रेसले आवश्यक पर्दा मत दिने नत्र तटस्थ बस्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री भट्टले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन् । एमाले प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेको हो ।
५२ सदस्यीय सुदूर पश्चिम प्रदेशसभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यकता रहन्छ । प्रदेश सभामा प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । एमालेका २५ सांसद छन् । २५ मध्ये ७ जनामात्र ओली पक्षका रहेका छन् । त्यसैगरी कांग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया