काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नियमावलीको उल्लंघन भएको भन्दै सत्तापक्षकै प्रदेश सभा सदस्यले आपत्ती जनाएका छन ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टले मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दा नियम संगत नरहेको बताए ।
उनले भने –‘कानूनतस् कुनै पनि निवेदन पेश गरेको ४८ घण्टा पुग्नुपर्छ । तर, यहाँ ४० घण्टा पनि ननाघ्दै काम कारबाही अघि बढाइएको छ ।’ उनले नियमावलीको उल्लंघन भएकोले प्रदेश सभाले नियमसंगत अघि बढ्नुपर्ने माग गरे ।
सोही समयपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभा नियमावली पढेर सुनाएका थिए । उनले भने –‘यो नियमावली बनाउँदा तपाई पनि सहभागि हुनुहुन्थ्यो । यसमा दुई दिन भनेको छ । कुनै समय तोकिएको छैन ।’
सभामुख थापाले यो शब्द दोहोर्याएपछि प्रदेश सभा सदस्य भट्टले पुनस् आक्रोस पोखेका थिए । उनले भने –‘मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि आइतवार साँझ ५ बजे प्रदेश सभामा निवेदन दर्ता गरेका थिए । अनि मंगलवार ११ बजे नै यो प्रस्तावलाई सदनमा किन प्रवेश गराईयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया