सुदूरपश्चिम प्रदेश : विश्वासको मतका लागि मतदान शुरु

लोकपथ
91
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि प्रस्ताव पेश भएअनुसार अहिले मतविभाजनको प्रक्रिया शुरु भएको छ ।

सभामुखले मुख्यमन्त्री भट्टले पेश गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गरेका छन् । यससँगै मतविभाजनको प्रक्रिया शुरु भएको छ ।

मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय गरिसकेका छन् भने कांग्रेसले आवश्यकताअनुसार विश्वासको मत लिने जनाएको छ । जसअनुसार मुख्यमन्त्रीको पक्षमा विश्वासको मत नपुगेको खण्डमा मात्रै काँग्रेसले मत दिनेछ अन्यथा तटस्थ बस्नेछ ।

मुख्यमन्त्रीले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?