काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री भट्टले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ३० र विपक्षमा ९ मत परेको छ । प्रदेश सभा बैठकमा ५२ संसदमध्ये ५१ जनाको सहभागिता रहेको थियो ।
नेकपा एमालेको आन्तरिक कलह चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर सुदूरपश्चिम प्रदेश सभामा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बहुमत रहेको छ ।
कांग्रेसले मतदानमा तटस्थ भुमिका निर्वाह गरेको थियो । कांग्रेसले आवश्यक परेको खण्डमा मुख्यमन्त्री भट्टलाई मत दिने नत्र तटस्थ बस्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया