काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीको आथामप् महाधिवेशनको समयमा नै सुनिश्चितता गर्न नेतृत्वलाई दवाब दिएका छन् ।
युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे गगनकुमार थापा, प्रदिप पौडेल, जीवन परियार लगायतका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटी कोरोनाकाबीच महाधिवेशन गर्न विकल्प खोज्न सुझाव दिएका हुन् ।
पार्टी सभापति देउवा निवास ब्रपुगेका युवा नेताहरु आगामी १४ औँ महाधिवेशनको विषयमा छलफल गरेका थिए । कोरोना महामारीकाबीच पनि महाधिवेशन गर्ने उपायहरु खोज्नका लागि दवाब समेत दिएका छन् ।
भदौका लागि पूर्व निर्धारित कार्यतालिकालाई आवश्यक परिमार्जन गर्न समेत आग्रह गरेका छन् ।
हालसम्म कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरण इन्ट्रीको समयावधी आज राती १२ बजेबाट सकिँदैछ । तर कतिपय जिल्लाहरुमा भने क्रियाशील सदस्यताको बारेमा विवाद रहेका कारण डाटा इन्ट्री हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया