हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

१. नेपालमा कोरोनाका कारण थप १०८ जनाको मृत्यु, ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि, ६ हजार ५ सय ७० जना कोरोना संक्रमण मुक्त

२. मन्त्रिमण्डल पुनर्गठनबारे सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ, अन्तरिम आदेश दिन अस्वीकार, १५ दिनभित्र जवाफ पेश गर्न आदेश

३. नेकपा एमालेको खनाल–नेपाल समूहले जोगाइदियो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पद, भट्टको पक्षमा ३० र विपक्षमा ९ मत

४. गण्डकी प्रदेशमा सर्वदलीय सरकारको प्रयास असफल, प्रदेश सभाबाट २७ गते विश्वासको मत लिँदै मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ

५. महामारीकाबीच १४ औं महाधिवेशन गर्ने उपाय खोज्न सभापतिसँग कांग्रेसका युवा नेताहरुको आग्रह, महाधिवेशनका लागि प्रतिवद्ध रहेको भन्दै पदाधिकारी बैठक राखेर आवश्यक निर्णय गर्ने देउवाको जवाफ

६. सरकारमा गएपछि जसपा को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र चरम असन्तुष्टि, सरकारमा जाने इच्छा गर्दागर्दै पनि मौका नपाएपछि पूर्व राजपाअध्यक्ष मण्डलका राजकिशोर यादव पार्टीसँग चिढिए

७. सर्वोच्चले संसद पुनर्स्थापना गर्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको विश्वास, संविधान निर्माणका बेला संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजान नेता कार्यकर्तालाई आग्रह

८. तोकेभन्दा बढी शुल्क लिने अस्पतालबारे तत्काल खबर गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध, खोप ल्याउने क्रम जारी रहेको भन्दै उमेर समुह अनुसार क्रमश भ्याक्सीन दिईने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

९. घरमा भएका अक्सिजनका खाली सिलिण्डर जतिसक्दो चाँडो सम्बन्धित उद्योगलाई बुझाउन स्वास्थ्य मन्त्रालयको आग्रह, अस्पतालमा जटिल उपचारमा रहेका बिरामीलाई अप्ठेरो नपारिदिन अनुरोध

१०. काठमाडौंको बौद्धस्थित टाउन प्लानिङमा फ्याँकीएको बोराभित्र वयस्क व्यक्तिको एउटा खुट्टा फेला प¥यो, फरेन्सिक डाक्टरको टोली र तालिमप्राप्त कुकुर घटनास्थलमा, घटनाबारे अनुसन्धानमा हुँदै

११. सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने, सेवाग्राहीको भिड बढेपछि बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरिने जानकारी

१२. भारतसँगको नाका खुल्लै हुँदा नेपालका सिमावर्ती जिल्लामा कोरोना संक्रमण बढ्दै, ट्युबमार्फत् नदि तरेर गाउँ फर्कनेबाट संक्रमणको जोखिम बढेपछि त्रासमा स्थानीय

१३. विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद नगर्न विश्व समुदायलाई आग्रह, महामारीका समय विचौलियाबाट कालोबजारी हुने खतराबारे सचेत रहन चेतावनी

१४. भारतको पुनेनजिकै पानी प्रशोधन गर्न प्रयोग गरिने रसायन उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित १८ जनाको मृत्यु, भारतीय प्रधानमन्त्रीद्वारा घाईते र मृतकका परिवारलाई राहत घोषणा

१५. र, लामो समयको अन्यौलता चिर्दै ब्राजिलले घरेलु भूमिमा हुने कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पक्का, उद्घाटन खेलमा ब्राजिल र भेनेजुयला भिड्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?