काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्ना गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पद पनुर्बहाली भएपनि पुनरावलोकनका लागि रिट दिएको छ ।
बुधवार जनमोर्चाको संसदीय दल सर्वोच्च अदालतले पद पुनर्बहाली गरेपनि उक्त मुद्दामा अन्तरिम आदेश पुनरावलोकन सर्वोच्च पुगेको हो ।
आज नै सर्वोच्च पुगेर भ्याकेट निवेदन दिइएको एक नेताले जानकारी दिए ।
पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै थापालाई जनमोर्चाले सांसदबाट हटाएको थियो । त्यसको विरुद्ध उनले सर्वोच्चमा दिएको मुद्दामा आइतवार उनकै पक्षमा फैसला भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया