काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप लगाउन सरकारसमक्ष माग गरेको छ ।
संघले बुधवार एक विज्ञप्ति जारी गरि शैक्षिक क्षेत्रलाई चलायमान बनाउनको लागि विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई प्राथमिकतामा राखी छिटोभन्दा छिटो कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउनुपर्ने माग गरेको हो ।
महामारीका कारण शिक्षक तथा कर्मचारीको ज्यान जाने गरेको भएपनि विश्वविद्यालयहरू पन्छिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘विश्वविद्यालय प्रशासन मृतकको सूची निकालेर समवेदना दिएर मात्र जिम्मेवारीबाट पन्छिँदै छ । आफ्नो सम्पूर्ण जीवन विश्वविद्यालयमा समर्पण गरेका व्यक्तिलाई विश्वविद्यालयले बेवास्ता गरेर गैरजिम्मेवार चरित्र देखाउनु लज्जाको विषय हो ।’ संघका अध्यक्ष जगत तिमिल्सिना र महासचिव राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया