काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद विस्तार गरेका छन् ।
ओलीले ७ मन्त्री एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री सबैले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा माओवादी केन्द्र छोडेर एमालेमा आएकी ज्वाला कुमारी साह कृषि मन्त्री बनेकी छिन् । उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी थिइन् । तर गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आ– आफ्नो बाटो हिड्न फैसला गरेपछि साह एमालेमा लागेकी थिइन् । माओवादी छाडेर एमालेमा लागेपछि उनको प्रदेसभा सदस्य पद गएको थियो । तर, त्यसको केही समय पछि उनले संघीय सरकारको मन्त्री बन्ने मौका पाएकी हुन् ।
साह तत्कालीन नेकपामा हुँदा पार्टीकी बारा सह–इन्चार्ज थिइन् । सर्वोच्चले फागुन २३ मा नेकपाको एकता खारेज गरेपछि साह एमालेमा पनि ओलीतिर लागेकी थिइन् । त्यसैले उनले आज मन्त्री बन्ने मौका पाएकी हुन् । अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया