बोक्सी आरोपमा कुटिएकी राधा चौधरीलाई ३६ हजार आर्थिक सहयोग

गगन अयडीधनगढी, ६ चैत–कैलालीबाट समाजमा रहेको कु–प्रथा बिरुद्ध अभियान सञ्चालन हुने भएको छ । प्रदेश सभाका सांसद चुनकुमारी चौधरी संयोजक रहने गरी ‘कुप्रथा बिरुद्ध साझा अभियान’ सञ्चालन हुने भएको हो ।सांसद चौधरी सहित प्रदेश सभाका अन्य सदस्यहरु, पीडित राधा चौधरी, सञ्चारकर्मीलगातको सहभागीतामा अभियान सञ्चालन गरिने भएको छ ।प्रदेश सभाका सदस्य चुनकुमारी चौधरीले बोक्सी आरोपमा कुटिएकी घोडाघोडी नगरपालिका ५, देउकलीकी राधा चौधरीलाई ३६ हजार आर्थिक सहयोग गर्दै अभियानको सुरुवात गर्ने जानकारी दिएकी हुन् । उनले आफूसहित विभिन्न क्षेत्रका कार्यरत व्यक्तिहरुबाट संकलित रुपैयाँ पीडित राधा चौधरीले हस्तान्तण गरेकी हुन् ।बोक्सी प्रथाविरुद्धको सो अभियानमा पीडित राधा चौधरीलाई समेत अभियन्ताका रुपमा सहभागि गराइने सांसद चौधरीले बताइन् ।महिला माथि अझै हिसा रहेका बताउदै सांसद लक्ष्मी चौधरीले महिलाहरुका पक्षमा भएका यस्ता घटनाका बिरुद्ध सबैको हातेमालो हुनुपर्ने बताइन् ।समाजमा भएका कुरितिका बिरुद्ध सबैको हातेमालो आवस्यक रहेको भन्दै जिल्ला सम्वनय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले यसका लागि अभियान जरुरी रहेको बताए ।सामाजिक कु–संस्कार विरुद्ध अभियान सुरु हुनै लाग्दा बोक्सी आरोपमा परेकी पीडित राधा चौधरीले आफूलाई गाउ“मै बस्ने बातावरण तयार गर्न आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?