सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ )मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बिहीवार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहेएका पोखरेल नियुक्त भएका हुन् । उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सीईओमा नियुक्ति लिएका थिए ।

सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान भएको बैङ्करका रुपमा लिने गरेका छन् । उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?