काठमाडौं, ७ चैत । काठमाडौंमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरीएको छ ।काठमाडौं महानगरपालिका वडा नं. १० देवीनगर बस्ने २१ वर्षीय पुरुषोत्तम सेंढाईको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।मंगलबार राति पौने ९ बजे सामान्य विवादमा सेंढाईको हत्या भएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए । सर्लाही घर भएका उनी काठमाडौं–१० देवीनगरमा बस्दै आएका थिए ।प्रहरीले हत्यामा संलग्न भएको आरोपमा रोहित चौधरी, अशोक लिम्बु र सन्जिव राईलाई पक्राउ गरेको छ । डिएसपी पौडेलले हत्याको अनुसन्धान भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया