अस्ट्रेलियाविरुद्ध नेपालको शुरुवाती ११ सार्वजनिक

काठमाडौं।  फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज एसियाली ‘पावर हाउस’ अस्ट्रेलियाको सामना गर्दैछ।

कुवेतको ‘जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला’मा नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलिया बिचको खेल नेपाली समय अनुसार बेलुकी ९:४५ बजे शुरु हुनेछ। सो खेलको लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टोलीमा ५ परिवर्तन गरेका छन्।

अभिषेक रिजाल, अन्जन विष्ट, सन्तोष तामाङ, दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ, सुनिल बल, विशाल राई, एरिक विष्ट र गौतम श्रेष्ठले अस्ट्रेलियाविरुद्धको खेलमा शुरुवात गर्नेछन्।

नेपालको शुरुवाती ११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?