कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई भेटेर राउटेले मागे खाद्यान्न

लोकपथ संवाददाता
161
Shares
/fp6];Fu d’VodGqL zfxL s0ff{nL, @* h]7 . s0ff{nL k|b]zsf d’VodGqL dx]Gb|axfb’/ zfxL;lxt ;fdflhs ljsf;dGqL o1axfb’/ la;L z’qmaf/ pkef]Uo ;fdu|Lsf] dfu ug{ cfPsf /fp6] ;d’bfosf o’jfo’jtL;Fu . e]63f6df /fp6] ;d’bfosf] ;d:of ;dfwfg ug]{ k|ltj4tf d’VodGqL zfxLn] ug'{ePsf] 5 . t:jL/ M z’/axfb’/ l;+x, /f;;

कर्णाली । राउटे समुदायका युवाले आफ्नो समुदायमा खाद्यान्न चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिए ।

उनले सो अवसरमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिए । सामाजिक विकासमन्त्री बिसीले राउटे समुदायका समस्या तत्काल सम्बोधन गरिने जानकारी दिए । सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवक र युवती भेटमा सहभागी भएका थिए । सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?