काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशन केहि पर सरेको छ ।
शनिवार (आज) कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले महाधिवेशनको मिति केहि सार्ने निर्णय गरेको हो ।
कोरोना महामारीको कारण तोकिएको मितिमा नै महाधिवेशन सम्पन्न गर्न अफ्ठ्यारो पर्ने भएकाले मिति दुई साता पर धकेल्ने निर्णय गरिएको एक नेताले जानकारी दिए ।
बैठकको निर्णय अनुसार आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने प्रस्ताव भएको हो । त्यसको अनुमोदनका लागि आगामी असार ३ गतेको लागि केन्द्रीय समिति बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठकले उक्त मितिको अनुमोदन गर्ने बताइएको छ ।
यसअघि भदौ ७ गतेदेखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया