कालीगण्डकी करिडोर चार दिनपछि पुनः सञ्चालन

पर्वत । पहिरोले अवरुद्ध बनेको उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ ।

पर्वतको बिहादी गाउँपालिका – २, खबराको भीरमा पहिरो खस्दा गत चार दिनदेखि अवरुद्ध सडक आजदेखि पूर्णरुपमा सुचारु भएको हो ।

भीरमाथीबाट ढुंगामाटोसहितको ठुलो पहिरो आउँदा सडक अवरुद्ध भएको थियो । डोजर लगाएर शुक्रबार दिनभरीमा पहिरो पन्छाएपछि अवरुद्ध सडक नियमित बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए । पहिरो झर्ने क्रम भने नरोकिएकाले जोखिम कायमै रहेको भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?