१ सय ५० घर परिवारलाई मास्क वितरण

काठमाडौं। मकवानपुरको थाहा नगरपालिका-६ स्थित इकुन्डोल र लिलाखेलका प्रत्येक परिवारलाई मास्क वितरण गरिएको छ।

वडा कार्यालय र स्थानीय ‘बलामी एक्टिभ टीम’ को सक्रियतामा शनिवार १५० घरपरिवारलाई प्रति परिवार १/१ प्याकेट मास्क वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर बलामीले युवाहरुको सक्रियताले नै समृद्ध समाज बन्ने धारणा व्यक्त गरे। गाउँमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै उनले भने, “गाउँको चेतनाको अभाव छ, यसले स्वास्थ्य र विकास निर्माणमा असर गर्छ त्यसकारण चेतनशील नागरिक अग्रसर भएर जनचेतना फैलाउनुपर्छ।” युवाहरु अघि सरे मात्रै समाजमा सकारात्मक परिवर्तन आउने उनको भनाइ थियो।

यस्तै ‘बलामी एक्टिभ टीम’ का श्रीराम बलामीले मास्क वितरण गर्नुका साथै लगाउने तरिका पनि सिकाइएको जानकारी दिए। उनले गाउँमा आइपर्ने हरेक समस्या समाधानका लागि युवाहरु तयार रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?