नेप्सेले एओएन हटायो : ब्रोकरलाई फाइदा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आजबाट हटाएको छ ।

धितोपत्र बोर्डले निर्देशन दिएपछि बन्द गरेको नेप्सेले जनाएको हो ।

के हो एओएन ?

एओएन (अल अर नन) भन्नाले शेयर बिक्री गर्दा एकैपटक सबै वा शुन्य भन्ने अर्थ हुन्छ । यसमा लगानीकर्ताले आफूसँग भएको शेयर टुक्राएर खरिद बिक्री गर्न पाउँदैन । उनीहरुले एकसाथ सबै शेयर खरिद बिक्री गर्नुपर्छ । यस्तो सुविधाको गलत प्रयोग गरी ठूलो मात्रामा सेयरलाई एओएनमा राखी अन्य लगानीकर्तालाई भ्रममा राखेको लगानीकर्ताले गुनासो गर्दै आएपछि यो प्रणाली बन्द गरिएको हो ।

मानौं, यदि कसैले पनि एओएनमा सेयर बिक्री गर्न १ सय ५० कित्ता राखिएको छ भने या सबै बिक्री हुन्छ यात कि त बिक्री नै हुँदैन । त्यस्तै,नन भन्ने विकल्पमा १५० कित्ता बिक्री अडर गरिएको छ भने सय कित्ता बिक्री गरेर ५० कित्ता राख्न पनि सकिन्छ । तर एओनमा भने यात सबै बिक्री हुन्छ या त कत्ति पनि हुँदैन भन्ने हो ।

के हुन्छ फाइदा ?

एओएनमा कृत्रिम कारोबारभएपछि नेप्सेले यो सेवाको बन्द ग–यो । एओएन डिसएबल गर्दा कसैलाई पनि हानी नोक्सानी नहुने नेप्सेले जनाएको छ । तर लगानीकर्ताहरुले भने साना तथा ठुला दुबै खालका लगानीकर्तालाई घाटा हुने बताउँछन् । उनीहरुले कित्ता टुक्र्याएर ब्रोकरलाई धनी बनाउन नियामकले यस्तो व्यवस्था गरेको बताउँछन् । एओएनमार्फत् ब्रोकर कमिसन केही कम पर्ने भएकाले त्यसको प्रयोग गर्ने गरेको लगानीकर्ताहरूको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?