रोल्पाको लिवाङमा पर्यटन विकासका लागि वृहत् साहित्य सम्मेलन

रोल्पा, ७ चैत । ‘रोल्पामा पर्यटन विकासका लागि साहित्य’ नाराका साथ लिवाङमा वृहत् साहित्य सम्मेलन हुने भएको छ ।रोल्पा नगरपालिकाको सहयोग तथा जिल्लाका विभिन्न साहित्यिक संघ संस्थाको सक्रियतामा आगामी २०७५ जेठ १५, १६ र १७ गते वृहत् साहित्य सम्मेलन हुन लागेको मूलसमारोह समितिका संयोजक डिबी टुहुरोले जानकारी दिए ।समितिको उपाध्यक्षमा कविता उपाध्याय, सदस्यमा दामु मर्सिफूल, लोककुमार श्रेष्ठ, नवीन लोचन मगर, देवी गुरुङ, गोकर्ण पुन, ओम पक्षी, खेमराज गाउँले र महेन्द्र महक तथा सदस्य सचिवमा दीप दर्पण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?